कृष्ण भजन प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने

पाेखरा | भदौ १७, २०८०

कृष्ण भजन प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउने

पोखरा:    पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।


विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको तयारी आन्तरिक वाहेक सबै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिनुभयो ।

 
यही भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र ब्यवस्थित बनाउन कुनै कसर बाकी नराखिएको संयोजक दुर्गादेवी बस्नेतले बताउनुभयो । 


उहाँका अनुसार प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिले आ आफना जिम्माका कामलाई तिव्रता दिएका छन् ।प्रतियोगिताका लागी आर्थिक संकलनको कार्य तिव्र पारिनुका साथै विभिन्न व्यवसायिक घराना तथा संघ संस्थाले धार्मिक संस्कृति जर्गेनाका लागी सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व. खत्रीले बताउनुभयो । 


प्रतियोगितामा सहभागिताको आव्हान सहित पोखराका विभिन्न वडाहरुमा पुगी घरदैलो अभियानलाई पनि तिव्र पारिएको प्रतिष्ठानका सहसचिव एवं  प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिनुभयो । 


प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने बताईएको छ । हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, द्धितीयले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिनुभयो ।


भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्ेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक बस्नेतले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको छ । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।
 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्